कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।
शनिबार बसेको बैठकले आर्थिक वर्ष २०८१\८२ को बजेट वक्तव्य प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो । अब अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा बजेट पेस गर्ने कार्यक्रम रहेको छ।