रेडियो जनताको स्टेसन म्यानेजरमा खड्का नियुक्त

काठमाडौं । रेडियो जनताको स्टेसन म्यानेजरमा सागर खड्का नियुक्त हुनुभएको छ । ओखलढुङगाको लिखु गाउँपालिका ९ पोकलीका खड्का यहि जेठ १ गतेबाट रेडियो जनताको स्टेसन म्यानेजर पदमा नियुक्त हुनुभएको हो। जनता प्रकाशन तथा प्रसाण लिमिटेडका अध्यक्ष डा.विजय कुमार पौडेल र प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश आचार्यले एक कार्यक्रमका बिच उहाँलाई स्टेसन म्यानेजरको पदमा नियुक्त गर्नुभएको हो ।

खड्का बिगत ८ वर्षदेख पत्रकारिता क्षेत्रमा कार्यरत हुनुहुन्छ । रेडियोकर्मीको रुपमा पत्रकारीता क्षेत्रमा उदाएका खड्का पछिल्लो समय रेडियो कान्तिपुरमा कार्यरत हुनुहुन्थ्यो । जनता प्रकाशन तथा प्रसाण लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश आचार्यले रेडियोका नवनियुक्त स्टेसन म्यानेजर खड्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै संस्थालाई अझै अगाडि बढाउन खड्काले ठुलो भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै जनता प्रकाशन तथा प्रशारण लिमिटेडका अध्यक्ष डा.विजय कुमार पौडेलले बदलिदो संञ्चार जगतमा रेडियोलाई थप शसक्त बनाउन सिंगो समुह लागिपर्ने बताउनुभयो । नवनियुक्त म्यानेजर खड्काले आफुलाई स्टेसन म्यानेजरको जिम्मेवारी दिनुभएकोमा सञ्चालक समितिप्रति आभार व्यक्त गर्नुभयो । स्टेसन म्यानेजर खड्काले रेडियोको आर्थिक उन्नति र प्रगतिका लागि आफु प्रतिवद्ध भएर लाग्ने ताउनुभयो । साथै रेडियो सञ्चालनको मुख्य जिम्मेवारी बहनकर्ताको रुपमा काम गर्ने खड्काले बताउनुभयो ।

अहिलेको डिजिटल सञ्चार माध्यमको समयमा पछिल्लो समय रेडियोको लोकप्रियता खस्किदै गइरहको महसुस गरिरहेको बताउनु हुदै खड्काले रेडियो जनतालाई आमजनता सामु अझै लोकप्रिय बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतिस्पर्धि सञ्चारको दुनियामा रेडियो जनतालाई अरुभन्दा भिन्न तरिकाले अग्रस्थानमा कायम राख्न आफनो तर्फबाट सक्दो मेहेनत गर्नुका साथै आमजनताको रोजाई तथा आवश्यकता अनुसारका कार्यक्रमहरुलाई पहिलो प्राथमिकता दिने खड्काले बताउनुभयो ।

जनताद्धारा जनताकालागि प्रसारित रेडियो जनता ८९.१ जनताको आवाज भन्ने कल साइन र नारा बोकेको जनता रेडियोले प्रसारणको छोटो अवधिमै आफ्ना विविधतायुक्त र उत्कृष्ट कार्यक्रमह? मार्फत काठमाडौं उपत्यकामा सबैभन्दा धेरै श्रोताले सुन्ने रेडियो बन्न सफल भएको छ । २४ घण्टामा १९ घण्टा कार्यक्रम र समाचार बुलेटिन प्रसारण गर्ने देशको सीमित रेडियो स्टेशनह?मा रेडियो जनता पनि पर्दछ ।

यस रेडियोले बिहान ४ बजेदेखि राति ११ बजेसम्म विभिन्न क्षेत्र,वर्ग र विधाका कार्यक्रमका साथमा हरेक घण्टा ताजा न्यूज अपडेट सहितको बुलेटिन प्रसारण गरिरहेको छ । यसकालागि देशको ७७ वटै जिल्लामा आफ्नै रिपोर्टर र सातै प्रदेशमा कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

Related posts

आफ्नै स्रोत नभएका स्थानीय तहलाई सतप्रतिशत अनुदान दिन्छौंः अर्थमन्त्री

सेबोनको अध्यक्षका लागि २ जनाको नाम सिफारिस गर्न नमिल्ने

माछापुच्छ्रे बैंकले बढायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा खातामा कति पाईन्छ ?