बजेटमा सुधारका कार्यक्रम देखिएनन्: पुर्व अर्थमन्त्री डा. महत

काठमाडौं। अर्थमन्त्री बर्षमान पुनले आज सार्बजनिक गरेको बजेटबारे कांग्रेसले यस अघि बोले जस्तो नआएको टिप्पणी गरेका छन् । पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले चाहे जस्तो ठुलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै बास्तविकता भन्दा माथि रहेको बताए ।

महतले सुधारका कार्यक्रम ल्याउने बताउदै आएको भएपनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरु बजेटमा उल्लेख नगरेको बताउदै अहिले जारी रहेका योजना बारे समेत मौन रहेको टिप्पणी गरेका छन् । उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउदै पुरा बजेट किताब हेरेपछि भन्न सकिने बताए ।

Related posts

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि र नेपाल रिका सेयर धनीले सर्वाधिक गुमाए

झिनो अंकले बढ्यो नेप्से