बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले आफ्नो लगानी रहेको सेयर बिक्री गर्न झन् कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् सेयरमा लगानी गरेको १ वर्ष बितिसकेको छ भने पनि एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतमात्र बेच्न पाउने व्यवस्था गरेको हो ।

केन्द्रिय बैंकले २०७८ जेठमा सेयर किनबेच गर्ने बैंकहरुको परिपाटीमाथि कडाइ गर्दै लगानी गरेको १ वर्षसम्म सेयर बेच्न नपाउने व्यवस्था गरेको थियो । अर्थात् १ वर्ष पुगेपछि उनीहरुले सबै सेयर बेच्न पाउँथे । अब भने १ वर्ष बितिसकेको छ भने पनि प्राथमिक पुँजीको २० प्रतिशतमात्र बेच्न पाउने व्यवस्था प्रस्ताव गरिएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ ।’

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने