यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा तोकिएको छ । बुधबार युरो एकको खरिद दर १४३ रुपैयाँ ९५ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा तोकिएको थियो ।

आज बेलायती पाउण्डको खरिद दर १६८ रुपैयाँ ०९ पैसा र बिक्री दर १६८ रुपैयाँ ८५ पैसा पुगेको छ । बुधबार पाउण्डको खरिद दर १६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १६८ रुपैयाँ १४ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियालको खरिद दर खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसामा कारोबार भइरहेको छ ।

Related posts

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि र नेपाल रिका सेयर धनीले सर्वाधिक गुमाए

साल्ट ट्रेडिङ कर्पोरेशनले बढायो खाने नुनको मूल्य

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम