लामिछानेको पुर्नरावेदनमा उच्च अदालत पाटनमा सुनुवाई सुरु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुर्नरावेदनमा उच्च अदालत पाटनमा सुनुवाई भइरहेको छ। सन्दीपले सफाइ पाउनु पर्ने माग गर्दै दिएको पुर्नरावेदनमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा पेशी तोकिएको छ।

पहिलो नम्बरमै परेको पेसीमा बिहान ११ बजेदेखि नै बहस भइरहेको छ। यो निवेदनमा बहस लामो हुने भएपछि इजलासका अन्य सबै मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ।

सुनुवाइ अगाडी बढेसँगै अब भने सन्दीपको मुद्दामा उच्च् अदालतले फैसला गर्ने सम्भावना बढेको छ। यसअघि पटक पटक पेसी तोकिएर सुनुवाइ अगाडी बढे पनि फैसला भने हुन सकेको थिएन।

जिल्ला अदलत काठमाडौंले उनलाई ८ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसला बदर गरेर आफूलाई सफाइ दिनु पर्ने सन्दीपको माग छ।

सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोप लगाएकी छन्।

Related posts

कोपा अमेरिकामा पानामाले हरायो अमेरिकालाई

विश्वकपमा भएका कमजोरी सुधार्दै लैजानेछौं : रोहित पौडेल

पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना