सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लेगत वैशाख २५ गतेदेखि कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।

वैशाख २८ गतेको निर्णय अनुसार कम्पनीलाई सचेत गराउदै सेयर कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ। कम्पनीले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने उल्लेख गर्दै धितोपत्र कारोबार फुकुवा गरिदिन आग्रह गर्दै गत वैशाख २६ गते नेप्सेलाई पत्र लेखेको थियो ।

नेप्सेले कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै कारोबार फुकुवा गरेको जनाएको छ ।

Related posts

आएन सेयर बजारमा माहोल, नेप्से झन् किन शिथिल भयो ?

लालीगुराँस सहकारीका सीइओ भण्डारी पक्राउ

आफ्नै स्रोत नभएका स्थानीय तहलाई सतप्रतिशत अनुदान दिन्छौंः अर्थमन्त्री