विश्व बैंकले पायो ऋण क्षमता बढाउन ११ अर्ब अमेरिकी डलर कोषको ग्यारेन्टी

काठमाडौं। विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौती सम्बोधन गर्ने उद्देश्यले नयाँ वित्तीय साधनका लागि ११ अर्ब अमेरिकी डलरको अनुमोदन प्राप्त गरेको छ।

११ देशले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्म, हाइब्रिड क्यापिटल संयन्त्र र नयाँ कोषका लागि कुल ११ अर्ब अमेरिकी डलरको प्रतिबद्धता घोषणा गरेको बैंकद्वारा जारीे विज्ञप्तिमा जनाइएको छ।

विश्व बैंक समूहको लिभरेजिङ क्षमताले प्रदान गरिएका स्रोतमा १० वर्षमा ६ देखि आठ गुणा गर्न अनुमति दिन्छ र प्रतिज्ञा गरिएको स्रोतमा निश्चित परिस्थितिमा यो १० गुणासम्म पुग्न सक्छ।

प्रतिज्ञा गरिएका स्रोतले सीमापार चुनौती सामना गर्न र विकास लक्ष्यलाई अगाडि बढाउन तत्काल कोषमा ७० अर्ब डलरसम्म उपलब्ध गराउन सक्नेछ।

‘हामीले यी नयाँ वित्तीय साधन विकास गर्न कडा परिश्रम गरेकाले हाम्रो उधारो क्षमतालाई बढावा दिन्छ। दाता कोषलाई बढाउँछ र अन्ततः हामीलाई धेरै मानिसको जीवनमा सुधार गर्न अनुमति दिन्छ’, विश्व बैंक समूहका अध्यक्ष अजय बंगाले भने, ‘यी मुलुकका उदारता हामीेले बैंक सुधार गर्न गरेको प्रगतिको समर्थन हो र विश्वव्यापी रूपमा विकासका लागि उनीहरूको साझा प्रतिबद्धताको सङ्केत पनि हो।’

बेल्जियम, फ्रान्स, जापान, अमेरिकालगायत ११ मुलुकले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्ममा प्रतिज्ञा गरेका छन् भने डेनमार्क, जर्मनी, इटाली, लातभिया, नेदरल्यान्ड्स, नर्वे र बेलायतले हाइब्रिड पुँजीका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।

जापानले नयाँ लिभेवल प्लानेट फन्डमा प्रारम्भिक योगदान गर्न प्रतिबद्धता जनाएको छ। मुलुकको आपसी योगदानले पर्यावरणीय चुनौती सामनामा अन्तर्राष्ट्रिय सहयोगको महत्त्वमाथि प्रस्ट पार्दछ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो