काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आइतबार बजार १२.२९ अंकले बढेर १९८४ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन दोल्ती पावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीका सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ ।
त्यसैगरी, एनआइसी एशिया लघुवित्तको ८.४७ प्रतिशत, रुरु जलविद्युत परियोजनाको ८.१८ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ७.२५ प्रतिशत, सर्वोत्तम सिमेन्टको ६.५४ प्रतिशतले सेयर मूल्य बढेको छ ।