प्रभु बैंकका ३ जना सञ्चालकले दिए राजीनामा

काठमाडौं । प्रभु बैंक लिमिटेडका तीन जना सञ्चालकले राजीनामा दिएका छन् ।

वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सिंह खड्का, शंकरप्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा।डा गीता प्रधानको राजीनामा स्वीकृत गरेको हो ।

यस्तै सोहि दिन बसेको सञचालक समितिको बैठकले रिक्त हुन गएको सञ्चालक पदमा २ जना सञ्चालक नियुक्त गरेको छ । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने अंगिर मान सिंह र तारा मानन्धरलाई नियुक्त गरिएको हो । स्वतन्त्र सञ्चालक भने खाली रहेको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने