सेयर बजारमा दोहोरो अंकको गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । सेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ को विन्दुमा झरेको हो।

आज ३१५ कम्पनीका ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२.७८ रुपैयाँमा किनबेच भएका छन्। यस दिन आज २७ कम्पनीको मात्रै सेयरभाउ बढेको छ। २११ कम्पनीको सेयरभाउ घट्दा ६ वटाको स्थिर रहेको छ।

आज सबैभनदा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.९४ प्रतिशतका दरले कमाएका हन् । पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

गोर्खाज फाइनान्सः १७ करोड ८२ लाख रुपैयाँ,सूर्यज्योति लाइफ इन्स्योरेन्सः १० करोड ५१ लाख रुपैयाँ,पोखरा फाइनान्सः ७ करोड ३७ लाख रुपैयाँ,शिवम सिमेन्टः ५ करोड ४५ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्सः ५ करोड ३० लाख रुपैयाँ,सर्वोत्तम सिमेन्टः ५ करोड १६ लाख रुपैयाँ,नेपाल टेलिकमः ४ करोड ५८ लाख रुपैयाँ,नेपाल फाइनान्सः ३ करोड ९९ लाख रुपैयाँ,ङादी ग्रुप पावरः ३ करोड ४९ लाख रुपैयाँ,सोनापुर मिनरल्सः ३ करोड २४ लाख रुपैयाको सर्वाधिक कारोबार भएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने