सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज घटेको छ । बुधबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजाबी सुन पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १० रुपैयाँले बढेर प्रति तोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको हो ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?