समूह बिजेता बन्दै नेपाल सेमिफाइनलमा

Nepal players celebrate the run out of Mohammad Nizakat Khan of Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौँ । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो ।

गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको थियो ।

साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्बाधिक ३२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन बनाएको थियो ।

यो जितपछि नेपाल समुह ए मा ४ खेलमा चारै खेल जितेर ८ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको छ । अब नेपालले समुह बि को उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ ।

यो हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ । साउदी अरेबिया पराजित भएसँगै समुह ए बाट हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा हङकङले समुह बि को विजेतासँग खेल्ने छ । समुह बि को समुह चरणका अन्तिम खेल पनि आज हुदै छन् ।

Related posts

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा

बलियो टोली भारतको सामना गर्दै नेपाल

महिला एसिया कपमा भारतको लगातार दोस्रो जित