इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेकाे छ । संस्थाको संस्थापक समूहको ६० हजार ५० कित्ता सेयर बिक्रीमा राखिएको हाे ।

सेयर खरिदका लागि विद्यमान संस्थापकका साथे आम सर्वसाधारणले समेत बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई संस्थाको नवलपरासीको गैडाकोटमा रहेको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने