सुनको मूल्य बढेको बढ्यै, फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला २४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २४ सय सय रुपैयाँले बढेदै प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?