IPO

लामो समयपछि एक कम्पनीको आइपिओ आउँदै

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीले आगामी वैशाख १५ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने र कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रको दफा ६९१० ९ख०संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले जारी पुँजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार कित्ता सेयर जारी गर्ने तयारी गरेको छ ।

Related posts

जय अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर