टी-२० विश्वकप खेल्ने नेपालको जर्सी सार्वजनिक, तपाईलाई कस्ता लाग्यो ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी- २० विश्वकप खेल्ने जर्सी सार्बजनिक गरिएको छ । नेपालले दोस्रो पटक टी- २० विश्वकप खेल्दैछ । यसपटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो ।

आउदो जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । कुल २० देशले भाग लिने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालसँगै यस समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले विश्वकपको पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

Related posts

१२ वर्षपछि फुटबलमा नेपालले अफगानिस्तानलाई हरायो

यसरी बन्दैछ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा