काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि रोजगारको अवसर खुलाएको छ। कम्पनीले कोशी प्रदेशका पहाडी जिल्लाहरू र बागमती प्रदेशका जिल्लाहरूमा कार्यक्षेत्र रहने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
कम्पनीले कनिष्ठ अधिकृत, सुपरिवेक्षक(वरिष्ठ सहायक,सहायक, कनिष्ठ सहायक( कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केही सङ्ख्यामा आवेदन खुलाएको छ । उक्त पदहरूका लागि इमेल, इन्टरनेट र कम्प्युटर सञ्चालनसम्बन्धी ज्ञान भएको, संस्थाको स्वीकृत कार्यक्षेत्र भित्रका आवेदक र सवारी चलाक अनुमति पत्र भएकालाई प्राथमिकता दिइनेछ।
तोकिएको शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति ९चैत्र २६ गते० ले १५ दिनभित्र दरखास्त आवेदन बुझाउनु पर्नेछ।