रेडर्कमाथि रेकर्ड बनाउँदै गएको सुनको मूल्य आज ह्वात्तै घट्यो

काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १३ हजार ७७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १३ हजार २१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ८४.५० रुपैयाँ तोकेको छ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?