सेयर बजारमा फेरि गिरावट

काठमाडौँ । साताकाे चाैंथाे दिन आज सेयर बजार ३.४३ अंकले घटेर २ हजार ६ दशमलव ७८ अंकमा रोकिएको छ । तीन सय २२ कम्पनीकाे ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँ ६७ पैसा कारोबार भएको छ ।

आज सेयर खरिद बिक्री ५२ हजार ६५ पटक भएको छ । आज सर्वाधिक सेयर बढ्नेमा गुराँस लघुवित्त कम्पनी रहेको छ । जसको सेयर १० प्रतिशतले बढेको छ । यस्तै विन नेपाल लघुवित्त संस्थाको ९.९७, मानुषी लघुवित्त वित्तीय संस्थाको ९.९१, गनपति लघुवित्त वित्तीय संस्थाको ८.३९ र सीर्जनशील लघुवित्त वित्तीय संस्थाको ७.६९ प्रतिशतले सेयर बढेको छ ।

यस्तै सर्वाधिक सेयर घट्नेमा रिभर फलस पावल लिमिटेड रहेकाे छ । यस्तै, मन्दाकिनी हाइड्रोपावरको ४.८, बोटल्स नेपाल (तराइ) लिमिटेडको ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.५९ र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीकाे ३.४७ प्रतिशतले सेयर घटेको छ, ।

यस्तै सर्वाधिक सेयर कारोबार गर्नेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह