साना किसान विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा रहेकाे छ । संस्थाको २ लाख ११ हजार बढी कित्ता शेयर आज चैत २१ गतेबाट बिक्रीमा राखिएको हाे ।

कुमारी बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा साना किसान सहकारी संस्थाहरु तथा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र बढीमा ४ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

खरिद आवेदन आउँदो वैशाख २५ गतेसम्म दिन सकिनेछ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह