सर्वोत्तम सिमेन्टद्वारा लाभांश घोषणा

काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको आज चैत्र २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत (कर सहित)नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले कुल ६९ करोड ७५ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले वैशाख १२ गते बुधबार रुपन्देहीमा साधारणसभा आह्वान गरेको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने