प्रभु बैंकद्वारा सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सर्वसाधारणका लागि प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेकाे छ । बैंकले एक लाख ६० हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनी चिरञ्जीवी श्रेष्ठको ८९ हजार ४१५ कित्ता, गोविन्द प्रसाद ज्ञवालीको १९ हजार ७०६ कित्ता र भारती कुमारी आचार्यको ५१ हजार ८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको थियो । तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

इच्छुक व्यक्ति वा कम्पनीले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने