नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३ अर्ब ७२ करोड

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० मा ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । मंगलबार सम्पन्न ३७औं वार्षिक साधारण सभामा यस्तो जानकारी गराइएको हो ।

आव २०७९/८० को मध्यतिर अर्थात् २७ पुस २०७९ देखि साविक मेगा बैंक नेपालसँग मर्जरको कारणले आय/व्ययको रकम अघिल्लो वर्षसँग तुलना नगरिएको बैंकले जनाएको छ ।

आव २०७८/७९ मा साविक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कुल निक्षेप ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रुपैयाँले वृद्धि भई आव २०७९/८० को अन्त्यमा ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी आव २०७९/८० को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ । अघिल्लो आवको अन्त्यमा साविक नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालको गरी कुल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो ।

मर्जर पश्चात् यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल सेयरधनी कोष ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो