भारतीय क्लब बरोडाविरुद्ध खेल्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्थानीय बरोडा क्लवसँग प्रतिस्पर्धा गर्दै छ ।

पहिलो खेलमा गुजरातलाई पराजित गरेको नेपाल आज पनि जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रिनेछ । खेल नेपाली समयानुसार पौने ३ बजेबाट सुरु हुनेछ ।

सोमवार भएको खेलमा बरोडा गुजरातसँग ५ विकेटले पराजित भएको थियो । आज बरोडा नेपाललाई पराजित गर्ने दाउका साथ मैदान उत्रिनेछ ।

Related posts

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा

बलियो टोली भारतको सामना गर्दै नेपाल

महिला एसिया कपमा भारतको लगातार दोस्रो जित