गोर्खाज फाइनान्सको ६२ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर मंगलबारदेखि बिक्रीमा ल्याएको हो ।

सेयर खरिदका लागि जोसुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरूले खरिद आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो