काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् । सर्वोच्च अदालतले झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने आदेश दिएपछि उनले यस्तो बताएका हुन् ।
उनले आफूले कहिल्यै पनि बैंकको ऋण तिर्दिनँ नभनेको उनको जिकिर छ । उनले ७ प्रतिशत ब्याज १७ प्रतिशत पुर्याएर गरीब जनतालाई झनै गरीब बनाउन खोजेकोप्रति मात्र आफूले विरोध गरेको बताए ।
उनले आफूलाई राज्यले पक्राउ गर्न खोजेको आरोप लगाउँदै पक्रेर देखाउन चुनौती समेत दिए ।