काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.९३ विन्दुले घटेको छ । यससँगै सूचक २०३४.४७ अंकमा आएको छ । १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।