सानिमा रिलायन्सद्वारा कर्मचारी माग

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चार प्रदेशका विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख आवश्यक्ता रहेको जनाएको छ ।

कम्पनीले कोशी प्रदेशका भोजपुर, विराटनगर, खाँदबारी, ओखलढुङ्गा शाखाका लागि, मधेश प्रदेशको जीतपुरका लागि, बागमति प्रदेशको बत्तीसपुतली, महाराजगंज, चनौली, कालिमाटी, फर्पिङ्ग शाखाका लागि, लुम्बिनी प्रदेशको बर्दघाट र रामपुर गरी १२ शाखा कार्यालयका लागि शाखा प्रमुख माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । अनुभवि उम्मेदवारलाई बढी प्राथमिकता दिने जनाएको छ । उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक गरेको हुनुपर्नेछ ।

Related posts

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो

गरिमा बैंकको शेयर विक्री खुला