माउन्टेन इनर्जीको साधारण बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण सभा आज (मंगलबार) बस्दै छ। सभाले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन ३० गते बुक क्लोज गरिसकेको हो। तसर्थ, फागुन २९ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र यस सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन। सभा अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

आशा लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो