दोहोरो अंकले बढ्यो सेयर बजार, कति भयो आज कारोबार ?

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आज १०.१४ अंकले बढेर २०४१.७० को विन्दुमा बन्द भएको छ।

आज ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १६८ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ९.४३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले गुमाएका हुन् ।

शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ९ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोनापुर मिनरल्स ८ करोड ५७ लाख रुपैयाँ,जोशी हाइड्रोपावर ८ करोड २९ लाख रुपैयाँ,गोर्खाज फाइनान्स ८ करोड ७ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ६ करोड ३५ लाख रुपैयाँ,दोल्ती हाइड्रोपावर ५ करोड ९४ लाख रुपैयाँ,हिमालयन हाइड्रोपावर ४ करोड १३ लाख रुपैयाँ,ङादी ग्रुप पावर ३ करोड ९३ लाख रुपैयाँ,अपर तामाकोशी ३ करोड ८७ लाख रुपैयाँ,पिपुल्स पावर ३ करोड ५८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने