विवाह गर्दै एलिना चौहान

काठमाडौं । एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन्।

अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्। वैशाख ५ गते विवाह तय भएको विष्णुले जानकारी दिए। झापाबाट उनीहरूको विवाह हुन लागेको हो।

दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन्।

झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।

Related posts

समाचार लेखेकै भरमा दुव्यवहार

धरान घोपा क्याम्प (BPKIHS) अस्पतालको क्वाटरमा चरम लापरबाही

अछाममा छाउगोठमा एकजना किशोरीमाथी सामुहिक बलात्कार