यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ ।बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ६२ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६७ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो