होलीको दिन काठमाडौंसहित पहाडी भूभागमा यस्तो रहनेछ मौसम

काठमाडौं । आइतबारदेखि तीन दिन देशैभर बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले नेपालको मौसम प्रणालीमा पश्चिमी न्यून चापीय प्रणालीको असर छ। त्यस्तै भारतको आसाम राज्य आसपास बनेको न्यून चापीय प्रणालीको असरसमेत देखिएको छ।

फागुनको १७ गतेपछाडि प्रि–मनसुन सुरू भएकाले अहिले स्थानीय वायुको पनि प्रभाव रहने गर्छ। जसका कारण देशैभर बदली र चिसो महसुस भएको छ।

आइतबार बिहान काठमाडौंको मौसम केही खुलेको देखिए पनि दिउँसोपख हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार मध्यदेखि पूर्वसम्म प्रणाली सक्रिय हुने छिटपुटदेखि मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद् चिरञ्जीवी भेटुवालले जानकारी दिए।

‘काठमाडौंमा बिहान मौसम खुलेको देखिए पनि अपराह्नपखबाट बदली सुरू हुन्छ। दिउँसो दुई बजेपछि वर्षा हुने देखिन्छ। काठमाडौंदेखि पूर्वसम्मै ठूलो वर्षा हुने सम्भावना भने छैन। हल्का वर्षा हुनसक्छ,’ उनले भने।

आइतबार कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन–चट्याङसहितको वर्षाको सम्भावना रहेको पनि उनले बताए। उनले अहिलेको प्रणाली मंगलबारसम्मै सक्रिय रहने बताए।

ुअहिले स्थानीय वायुको पनि प्रभाव देखिने हुँदा यसै भन्न सकिँदैन। तत्काल बदली देखिएर वर्षा हुने सम्भावना पनि रहन्छ,’ उनले भने।

पछिल्लो २४ घन्टामा इलामको कन्याममा २७।२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै झापाको कन्काइमा १९।८ मिलिमिटर वर्षा भएको छ।

मधेस प्रदेशअन्तर्गत् धनुषाको टुल्सी केन्द्रमा १७।८ मिलिमिटर वर्षा मापन भएको छ। मकवानपुरको हात्तीसुँडेमा १५।८ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै सिन्धुलीको हरिहरपुरमा १५।२ र मकवानपुरको भोर्लेनी केन्द्रमा १३।८ मिलिमिटर वर्षा मापन भएको छ।

पछिल्लो एक घन्टामा कर्णालीको चिसापानी केन्द्रमा १।२ मिलिमिटर वर्षा मापन भएको छ भने काभ्रेपलाञ्चोकको खोपासीमा ०।२ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो ६ घन्टामा काठमाडौंको बूढानीलकण्ठमा २।२ र सुन्दरीजलमा ०।४ र कपनामा ०।२, ललितपुरको गोदावरी केन्द्रमा ०।२ मिलिमिटर वर्षा मापन भएको छ

Related posts

आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका “आँखालाई माया गर्नुहोस्” लोकार्पण

डोल्पामा हिमाली रङ्गशाला बनाउँछौँ : मन्त्री बुढा

राष्ट्रिय सभा सदस्यकै घरमा दलित र गैरदलितलाई फरक-फरक भान्सा