महुली लघुवित्तले बोलायो साधारणसभा, के-के छन् एजेण्डा?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको सभा अगामी चैत २६ गते संस्थाको केन्द्रीय कार्यालय महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण प्रस्तुत हुनेछन् ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/०८१ को लागी लेखापरीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Related posts

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि र नेपाल रिका सेयर धनीले सर्वाधिक गुमाए

साल्ट ट्रेडिङ कर्पोरेशनले बढायो खाने नुनको मूल्य