लगानीकर्ताले सेयर बजारबाट फागुनमा कति कमाए ? 

काठमाडौं । सेयर बजारबाट फागुन महिनामा ४४ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार यो पुँजीगत लाभकर माघ महिनाको तुलनामा आधा कम हो ।

यसअघि माघ महिनामा मात्रै ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो । चालु आर्थिक वर्ष महिनागत रुपमा माघमा सबैभन्दा धेरै पूँजीगत लाभकर संकलन भएको हो ।

सेयर लगानीकर्ताका लागि सरकारले दुई दर कायम गरेर पूँजीगत लाभकर उठाउँदै आएको छ । १ वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले नाफामा साढे ७ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ भने १ वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत तिर्नुपर्छ ।

फागुनमा उठेको पूँजीगत लाभकरमध्ये ११ करोड ६८ लाख रुपैयाँ १ वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेकाहरुबाट उठेको छ । त्यस्तै १ वर्षभन्दा कम अवधि होल्ड गरेकाहरुकाबाट २५ करोड १० लाख रुपैयाँ कर संकलन भएको छ । बाँकी संकलित कर रकम संस्थागत लगानीकर्ताबाट उठेको पुँजीगत लाभकर हो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने