आजसम्म कायम सेयरधनीले साल्ट ट्रेडिङको बोनस पाउने

काठमाडौं । आज बिहीबारसम्म कायम सेयरधनीले मात्रै साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर पाउने भएका छन् । लगानीकर्ताका लागि कम्पनीले घोषणा गरेको १५ प्रतिशत बोनस सेयर पाउनका लागि बिहीबारसम्म सेयर खरिद गरेको वा होल्ड गरेको हुनुपर्नेछ ।

बोनसका अलवा आजसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन हकदार हुनेछन् । कम्पनीले साधारणसभा प्रयोजनका लागि शुक्रबारदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने एक सूचनामार्फत जानकारी गराएको छ ।

चैत २३ गते त्रिभूवन आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारणसभा बस्दैछ । सो सभाले हालको चुक्ता पूँजीको १५ प्रतिशतले हुने बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह