निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि मध्यरातमै हङ्गामा

एजेन्सी । घटना भारतको उत्तर प्रदेश राज्यको रामपुरमा भएको हो । अजीमनगर थाना क्षेत्र अन्तर्गत भएको सो घटनाबारे प्रहरीले उक्त दम्पतीको परिचय भने खुलाएको छैन ।

प्रहरीका अनुसार ६ महिना अघि उनीहरूको विवाह भएको थियो । तर, गत आइतबार राति निन्द्रामै पत्नीले आफ्नो भिनाजुको नाम बारम्बार लिएकी थिइन् ।

बारम्बार भिनाजुको नाम लिएपछि रिसले रन्थनिएका ती युवकले पत्नीलाई कुटपिट गरे । मध्यरातमा हो–हल्ला भएपछि छिमेकीहरूसमेत भेला भएका थिए ।

सोमबार बिहानै ती युवकले पत्नीका माइती पक्षलाई समेत बोलाएका थिए । त्यसपछि मामिला प्रहरी कार्यालयसम्म पुगेको थियो । प्रहरीले ती महिलासँग सोधपुछ गर्दा आफूले डरलाग्दो सपना देखेका कारण भिनाजुको नाम लिएको हुन सक्ने बताएकी थिइन् ।

आफूले सपना देखेको कुरा भने पनि राति पतिले निरन्तर कुटपिट गरेको उनको गुनासो थियो । पछि प्रहरीले दुवैलाई सम्झाइबुझाइ घर फर्काएको बताइएको छ ।

Related posts

च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा

के तपाईलाई अर्गानिक केक चाहिएको छ ? अब सबै फ्लेभरका केक एकै ठाउँमा, द केक नेपाल

पुरुन्डीवासीलाई बिहान बेलुका पानीकै चिन्ता, एक गाग्री भर्न घण्टौं लाइनमा