हरेक नेपालीको टाउकोमा ८१ हजार ऋणको भार

काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पछिल्लो ८ महिना (साउनदेखि फागुनसम्म) मा नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको हो । नेपालले तिर्नुपर्ने सार्वजनिक ऋणमध्ये ११ अर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक ऋण हो भने १२ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ बाह्य ऋण हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा नेपालको सार्वजनिक ऋण १ अर्ब ४९ करोड रुपैयाँले बढेको छ। त्यस्तै, फागुन महिनामा नेपालले आन्तरिक ऋणतर्फ १६ अर्ब ५३ करोड रुपैयाँ र ३ अर्ब ७३ करोड रुपैयाँ बाह्य ऋण भुक्तानी गरेको छ । यही अवधिमा नेपालले आन्तरिक रुपमा १३ अर्ब र १ अर्ब ८६ करोड बाह्य ऋण गरी कुल १४ अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको छ ।

नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेसँगै प्रत्येक नेपालीको भागमा ८१ हजार ८ सय ८९ रुपैयाँ पुगेको छ । यस्तो प्रतिव्यक्ति ऋण नेपालको कुल सार्वजनिक ऋणलाई २०७८ सालको कुल जनसंख्याले भाग गरेर निकालिएको हो ।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल