कुमारी बैंकको १ लाख ४८ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकको १ लाख ४८ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकमा विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १ लाख ४८ हजार ३६३ संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

बैंकका संस्थापक सेयरधनी निरप्रसाद घिमिरेले ७० हजार ६५, जनक तिमल्सिनाले २७ हजार ३३ र बालकृष्ण दाहालले ६१ हजार २६५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुलाई पहिलो चरणमा बिक्रीका लागि प्राथमिकता दिइएको छ । इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा कानुनी प्रावधानअनुसार अन्य व्यक्ति तथा संस्थालाई उक्त सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने