यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं। राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९१ पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिदद १३२ रूपैयाँ २२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८२ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा बढेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ भने अघिल्लो दिनको तुलनामा घटेको छ। आज पाउण्ड एकको खरिदमा १६८ रूपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४७ पैसा तोकिएको छ।

शुक्रबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ ३५ पैसा र बिक्रीदर १७० रूपैयाँ १२ पैसा कायम गरिएको थियो। युरोपियन युरो एकको खरिददर आज १४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७१ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६१ पैसा घटेको हो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ८९ पैसा र बिक्रीमा ८७ रूपैयाँ २८ पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७६ पैसा र बिक्रीमा ९८ रूपैयाँ २० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४४ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रूपैयाँ १९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ १२ पैसा र बिक्रीमा २८ रूपैयाँ २५ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ४९ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ४४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६१ पैसा तोकिएको छ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने