प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जना कर्मचारी रिहा

काठमाडौं । प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिरी जमानीमा छुटेका छन् । अनुसन्धानको कामहरू सकेपछि उनीहरूलाई बैंकर एशोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा लगाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सीआईबीले १५ माघमा न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।

उनीहरूले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएको थियो ।

Related posts

आशा लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो