दुग्ध किसानलाई बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन भनेका छन्।

पुनले शुक्रबार सचिव डा। रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।

त्यसअघि मन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा। गोविन्द्रप्रसाद शर्मा र पशुपंक्षी विकास सचिव डा। रेवतीरमण पौडेलसँग छलफल गरेका थिए।

भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलित छन्। किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान ९डिडिसी० ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो। तर, अर्थले रकम अभावको कारण देखाउँदै भुक्तानी दिएको थिएन।

मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै अर्थमन्त्री पुनले किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाएका हुन्।

ुदेशभरका हजारौं किसान भुक्तानी नपाएर तड्किएको अवस्था रहेछ। राज्य जनताको अभिभावक भएकाले किसानका पीडा हेरेर बस्न सक्दैन। विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ,ु पुनले भने।

पुनले राज्यले बहानाबाजी गरेर किसान, निर्माण व्यवसायी लगायतको भुक्तानी रोक्न नमिल्ने स्पष्ट गरे।

जनतालाई डेलिभरीको महसुस गराउनकै लागि आफ्नो कुर्सी सुरक्षित हुँदाहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले सत्ता समीकरण बदलेको उल्लेख गर्दै पुनले ुकेही गरौुं भन्ने प्रधानमन्त्रीको हुटहुटीलाई बुझेर आफूले काम थालिसकेको बताए।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने