कपनबाट ‘भक्तपुर जान्छु’भनेर हिँडेकी युवती पशुपतिको जंगलमा मृत फेला

काठमाडौं । कपनबाट हराएकी १९ वर्षीया युवती सुस्मिता थापा पशुपतिको जङ्गलमा मृत फेला परेकी छिन् । पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जङ्गलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

उनी सिन्धुलीको कमलामाई नगरपालिका– १ घर भई हाल कपनमा बस्दै आएकी थिइन् ।

गौशाला प्रहरी वृत्तका डीएसपी केशव थेवेले भने, ‘शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो । आफन्त ९दाजु०आएर शवको सनाखत गरिसकेका छन् ।’

शुक्रबार बिहान मर्निङवाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थेवेले बताए ।

प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको जस्तो देखिने उनले बताए । उनले दाजुलाई भक्तपुरमा रहेका आफन्तकोमा जान्छु भनेर हिँडेको पाइएको प्रहरीले जनाएको छ ।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल