सन्दीपविरुद्ध सरकारी पक्ष पुग्यो उच्च अदालत

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गर्दै सरकारी पक्ष पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेको छ।

जिल्लाको फैसलाले सन्दीपलाई दोषी ठहर गरे पनि सरकारी पक्षले पीडित भनिएकी ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालतमा निवेदन दर्ता गरेको हो।

उच्च सरकारी वकिल कार्यालयका प्रमुख शंकर खत्रीले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरिएको बताए।

उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले दुवै पक्षको निवेदन दर्ता भएको र अब पेसी तोकेर सुनुवाइ अघि बढ्ने जानकारी दिए।

सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा दोषी ठहर गरेको थियो। तर नाबालिक भने नरहेको अदालतको ठहर थियो।

सन्दीप पक्ष बलत्कार मुद्दामा निर्दोश रहेको भन्दै उच्च अदालत पुगेपछि सरकारी वकिल सन्दीप नाबालिक बलत्कार मुद्दा लिएर पुन: उच्च अदालत पुगेको हो। सरकारी पक्षले सन्दीपलाई नाबालिका बलात्कार अभियोगमा हदैसम्म कारबाही माग गर्दै मुद्दा दर्ता गरेका हुन्।

Related posts

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा

बलियो टोली भारतको सामना गर्दै नेपाल

महिला एसिया कपमा भारतको लगातार दोस्रो जित