कृषि विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । कृषि विकास बैंकले १७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रम बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बुधबार सम्पन्न भएको बैंकले जनाएको छ ।

साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा भएको थियो । उक्त साधारणसभामा वक्ताको रूपमा भाग लिएका सेयरधनीले राखेका जिज्ञासामा अध्यक्ष पुडासैनीले स्पष्ट पारेका थिए । सेयरधनीबाट प्राप्त सुझाव नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धतासमेत पुडासैनीले व्यक्त गरे ।

बैंकले दुर्गमदेखि सुगम ठाउँमा दुई सय ८२ वटा शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने