बलिङमा चम्किँदै भुर्तेल, लिए अर्को विकेट

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी ९पीएनजी० को छैटौँ विकेट लिएको छ । पीएनजीको छैटौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन् ।

कुशल भुर्तेलले पीएनजीका ओपनर ब्याट्सम्यान टोनी उरालाई बिबेक यादबद्वारा क्याच गराएका हुन् । पेभेलियन फर्किनुअघि टोनीले अर्धशतक बनाएका थिए ।

उनले केवल ३७ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काए । १३.४ ओभरमा उनी आउट हुँदा पीएनजीले एक सय १३ रन बनाएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

Related posts

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा

बलियो टोली भारतको सामना गर्दै नेपाल

महिला एसिया कपमा भारतको लगातार दोस्रो जित