फाइनलमा पीएनजीविरूद्ध नेपालको लज्जास्पद हार

Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

काठमाडौं । हङकङ टी ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले हार ब्यहोरेको छ ।

बुधबार नेपालले उपाधि भिडन्तमा पीएनजीसँग ८६ रनको हार ब्यहोरेको हो ।

पीएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५३ बलमा ८५ रनमा अलआउट भयो ।
नेपालका कुनैपनि ब्याट्सम्यान फाइनल खेलमा चल्न सकेनन् ।

ओपनर बिनोद भण्डारी दोस्रो बला ४ रनमा बोल्ड हुदाँ कुशल मल्ल ५ रनमा पोविलियन फर्किएका थिए ।

रोहित पौडेल १२, गुलसन झा ६, विवेक यादव १, आरिफ शेख १५ र सन्दीप जोरा १७ रनमा आउट भए ।

Related posts

यसरी बन्दैछ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा

बलियो टोली भारतको सामना गर्दै नेपाल