नेपाल बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । नेपाल बैंक लिमिटेडले पनि चैत महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले चैत महिनाका लागि सार्वजनिक गरेको ब्याजदरमा यस्तो देखिएको हो ।  

बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपको अधिकतम ब्याजदर ३४४ प्रतिशतले घटाएको छ । फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७२५ प्रतिशत रहेको ब्याजदर चैत महिनाका लागि भने ७ प्रतिशतमा झारिएकोृ छ । बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ १ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ६ प्रतिशत र १ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ ।  

त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर घटाएको छ । बैंकले चैत महिनाका लागि संस्थागततर्फको मुद्दतीको ब्याजदर ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले रेमिट्यान्सतर्फको ब्याजदर पनि ८.२५ बाट ८ प्रतिशतमा झारेको छ ।  त्यस्तै बैंकले हायर पर्चेज कर्जा ४ प्रतिशत,घर कर्जा १४.२५ प्रतिशत,अटो लोन १३.५० प्रतिशत र घडेरी कर्जा १३.५ प्रतिशत कायम गरेको छ ।  

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने