घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुन तोलामा एक हजार रुपैयाँले घटेको छ । आइतवार तोलाको एक लाख २६ हजार रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च भएको थियो ।

अस्ति सोमवार र हिजो मंगलवार आइतबारकै भाउमा कारोबार भएको सुन आज तोलामा एक हजार रुपैयाँ घटेर एक लाख २५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रवार सुनको भाउ तोलाको एक लाख २५ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ प्रतितोला एक हजार चार सय ६५ रुपैयाँ तोकिएको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?